बैशाख १५ सम्म लम्बियो लक डाउन

काठमाडौं : सरकारले कोरोनाभाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

 

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।

 

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सरकारले ११ चैतदेखि लकडाउन गरेको थियो ।

 

मंगलबार थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ ।

 

अहिलेसम्म कैलालीमा छ, बागलुङमा दुई र काठमाडौँमा चार तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।

 

अहिलेसम्म ५ हजार ६ सय त्रियानब्बे जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। १०३ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।