बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउ

कैलालीमा जवरजस्तीकरणी आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् ।

 

बिज्ञापन

जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीया युवतीमाथि जवरजस्तीकरणी गरेको भन्दै उनका १७ बर्षीय श्रीमान् र जेठाजु पक्राउ परेका हुन् ।

 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार नियन्त्रणमा लिएको हो । १६ बर्षीया युवती र ति युवकले १ बर्ष अगाडि भागेर विवाह गरेका थिए।

 

युवती र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । पक्राउपछि थप अनुसन्धान भइरहेको उनले बताए ।

 

सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्। जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो ।

 

उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्धा मिलाइदिन्छु भनी स्थानीय बलात्कार उद्योगका आरोपीसँग घुस माग्दै गर्दा अख्तियारको कञ्चनपुर कार्यायलको टोलीले पक्राउ गरेको प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए ।

 

पक्राउ परेका धामीलाई बिहीबार साँझ नै हिरासतमा राख्न अख्तियारको टोलीले महेन्द्रनगर लगेको थियो ।