हेर्नुहोस वि.सं.२०७७ भदौ- १८,बिहीवारको राशिफल

वि.सं.२०७७ भदौ- १८,बिहीवार,ई.सं. २०२० September – ३, शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा,प्रमादी,दक्षिणायन,वर्षा,आश्विन कृष्णपक्ष तिथि-प्रतिपदा , १०:५१ बजे उप्रान्त द्वितीया,नक्षत्र-पूर्वभाद्रपदा , २०:३१ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-धृति , १४:१४ बजे उप्रान्त शूल,करण-कौलव १०:५१ बजेदेखि तैतिल , २३:३७ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कुम्भ, आनन्दादि योग-मुद्गर,सूर्योदय-५:४४,सूर्यास्त-१८:२०, दिनमान-३१ घडी ३१ पला,पञ्चक।व्रत/पर्व- द्वितीया श्राद्ध, पुञ्चली भुजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

बिज्ञापन

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
पारीवारिक सहयोग बढ्ने छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
सानातिना कामको झमेला आउनसक्छ ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आर्थिक समस्या पर्ने छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आत्म–विश्वास बढ्नेछ ,काम गर्दा अपमानित हुनुपर्ला,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
मेलमिलापको भावना राम्रो हुनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,गुप्त रोगले सताउने छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ८ रहेको छ ।