आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ कात्तिक २६ गते बुधबार)

आज मिति २०७७ कात्तिक २६ गते बुधबार, इस्वीसंवत नभेम्वर ११ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको एकादशी तिथि रहनेछ । आज उत्तराफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा वैधृति, करणमा बब, आनन्दादि योगमा प्रवद्र्ध रहनेछ ।

बिज्ञापन

सूर्य तुला राशिमा, चन्द्रमा बिहान ९ बजेपछि कन्या राशिमा रहनेछ । आज दिनमान २७ घटि २ पला अर्थात १० घण्टा ५१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २३ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १२ मिनेटमा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मित्र वा आफन्तबाट सहयोग मिल्नेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म,कर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनवास्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।