
बेलायती सञ्चारमाध्यम ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले १०० जना प्रभावशाली प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची तयार गरेको छ । मंगलबार सार्वजनिक ‘सन् २०२० को १०० प्रभावशाली महिला’को सूचिमा नेपालकी १८ वर्षीया सपना रोका मगर पनि परेकी छिन् ।
म्याग्दी घर भएकी सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेको बताउने सपनाले सडकमा अलपत्र अवस्थामा रहेका शव अस्पताल पु¥याउने र पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाटसम्म लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काम गर्दै आएकी छिन् ।
विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत सपनाले बेवारिसे शव व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएकी छिन् । बीबीसीले सन् २०१३ देखि १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । जसमा सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।