खेतमा काम गर्न गएका व्यक्ति मृत भेटिए

खेतमा काम गर्न गएका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खेतमा काम गर्न गएका ४० वर्षीय व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।

मृत्यु हुनेमा जिल्लाको औरही गाउँपालिका– ३ निवासी विजय मण्डल रहेका छन् । मृतक मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतमा काम गर्न गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

मृतकको घाँटीमा गम्छा बाँधिएको र शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी भइरहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।