
काठमाडौं । चर्चित हास्य कलाकार कुमार कट्टेलले ‘जिग्री’ले सिन्धुपाल्चोकका बाढी पीडितको सहयोगका लागि सबैलाई जुट्न आग्रह गरेका छन् । उनले बाढी पीडितको गाँस र अस्थायी बसोबासको व्यवस्था अझै राम्रोसँग हुन नसकेको भन्दै सबैलाई सहयोगका लागि जुट्न आग्रह गरेका हुन् ।

विहीबार राहत सामग्रीसहित सिन्धुपाल्चोक पुगेका कट्टेलले सामाजिक संजालमा लेखेका छन् ‘बाढीले क्षतविक्षत भएका कारुणिक दृश्यहरुले मन रोयो ।’




३० बोरा चामल, ३४ वटा ब्याङ्केट, १ बोरा दाल, ५० किलो नुन लगायत राहत सामाग्री सहित सिन्धुपाल्चोक पुगेका कट्टेलले उक्त राहत सामाग्री पीडितलाई खाना खुवाउने अभियान संचालन गरिरहेका टिम नेपाललाई प्रदान गरेका छन् ।
कट्टेलले अवको आफ्नो राहत हेलम्बु गाउँपालिका अन्तर्गत अति प्रभावित ठाउँहरु पुर्याउने समेत जानकारी दिए । उनले भने ‘हेलम्बु गाउँपालिका अन्तर्गत अति प्रभावित ठाउँहरु जहाँ राहत र अस्थायी बसोबासको ब्यवस्था हुन सकेको छैन । त्यहाँ समन्वय गरेर राहत सहित तत्काल पुग्ने छु ।’