जिउँदैमा मरेको भन्दै सञ्जालमा लेखिएपछि ‘दारी बा’ यस्तो भन्छन

मेरी बास्सै टेलिफिल्ममा दारी बाको नामले प्रशिध्दी कमाएका कलाकार सुरवीर पण्डितले आफूलाई सामाजिक सन्जालमा मरेको भनि समवेदना दिईएको घटनाले दुख भन्दा पनि अचम्म भएको बताएका छन।

उनले आफू जिउँदो मान्छेलाई चोर डाँका भष्टाचारी केही नभनि एकैचोटी मर्यो भनि अन्त गरिदिएको उल्लेख गरे।

बिज्ञापन

 

यसरी पोष्ट गर्नेलाई उनले धन्यवाद दिएका छन। ‘उहाँले किन यस्तो गर्नु भएको हो ?

उहाँको मैले के खाई दिएको थिएँ’, उनले भने । कलाकार पण्डितले यसबाट आफूलाई पीडा महशुस भएको र अचम्मपनि लागेको बताए ।

 

अहिले सबैजना फुर्सदमा छन के गरुं के गरुं भएर श्रद्धान्जली हालिदिनु भएछ भन्दै उनले दुःख पोखेका छन्। यसअघि कलाकारहरु रश्मी भट्ट र बल्छी ध्रुबेलाई पनि यस्तै गरिएको उनले बताए ।

 

रेडियो तथा टेलिभिजनमा लामो समयदेखि अभिनयमा सक्रिय सुरवीर पण्डितले ठूलो पर्दाका चलचित्रमा पनि काम गरेका छन।

कलाकारवृत्तमा भलादमी कलाकारका रुपमा चिनिएका उनी काठमाडौको बुढानिलकण्ठ निवासी हुन।