
काठमाडौँ : आज देशभरको मौसममा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशको आधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।



भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको पनि सूचनामा उल्लेख गरिएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।