
काठमाडौँ : आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै‚ आज उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पानी र हिमपातको सम्भावना रहेको छ।



आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थान हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही सबै प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर मौसम बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।