
आज मिति २०७८ साल मंसिर ०८ गते, बुधबार । इश्वी सन २०२१ नोभेम्बर २ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः पञ्चमी, २३ः०७ बजे उप्रान्त षष्ठी, । नक्षत्रः पनुर्वशु १४ः०० बजे उप्रान्त तिष्य । योगः शुक्ल ३०ः०० बजे उप्रान्त ब्रह्या। करणः कौलव १०ः२४ बजे उप्रान्त तैतिल, २३ः०७ बजे उप्रान्त भद्रा ।

मेष : स्वास्थ्यमा सामान्य समस्या आउनाले कार्यमा अवरोध आउनेछ । आफन्तको सहयोगले आर्थिक समृद्धि प्राप्त हुनेछ । अध्ययनमा सफलता मिल्नेछ ।



वृष : मरोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ । केही महत्वपूर्ण कार्य आरम्भ गरिनेछ । पेटसम्बन्धी समस्या आउनेछ ।

मिथुन : अध्ययन अध्यापनमा समय राम्रोसँग वित्नेछ । आफन्तको सहयोग मिल्नेछ । राजनैतिज सफलता मिल्नेछ लामो यात्रा गरिनेछ ।
कर्कट : मनमा अनेका कुराहरु खेल्नेछन् । द्विविधा युक्त निर्णय गरिनेछ । आर्थिकरूपले दिन सन्तोषजनक बित्नेछ । अध्ययनमा सफलता मिल्नेछ ।
सिंह : प्रेम सम्बन्धलाई विवाहको रुप दिइनेछ । आर्थिक सम्पन्नता तथा सामाजिक सम्मानता प्राप्त हुनेछ । विद्यार्थी वर्गको लागि त्यत्ति राम्रो देखिँदैन ।
कन्या : पारिवारिक तथा आर्थिक समस्या बढ्नेछ । बोल्दा निकै विचार गर्नुहोला । वैदेशिक कार्यमा भने सफलता मिल्नेछ । प्रेममा धोका पाइनेछ ।
तुला : व्यापार व्यवसायमा सफलता मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । आफन्तको सहयोग मिल्नेछ । प्रेमप्रेमिका विचको विवाद मिल्नेछ । दिन समग्रतामा तुला राशिको लागि राम्रो रहनेछ ।
वृश्चिक : खानपानमा निकै ध्यान दिनुहोला । आफन्तको सहयोगको लागि समय व्यतित गर्नपर्ने हुन्छ । अध्ययनमा रुचि बढ्नेछ । प्रेमप्रेमिका विच सम्बन्धमा सामन्य किचलो आउनेछ।
धनु : आर्थिक समृद्धि तथा सामाजिक प्रतिष्ठा मिल्नेछ । आफन्तले राम्रै धोका दिनेछन् । मित्रबन्धुबाट पूर्ण सहयोग मिल्नेछ । प्रेम प्रेमिका लामो यात्रामा गइनेछ ।
मकर : मित्रजनदेखि धोका पाउनाले मनमा खिन्नता आउनेछ । पतिपत्नीको सम्बधमा समस्या आउनेछ । सोचमा परिवर्तन ल्याउनुहोला स्वास्थ्यले साथ दिनेछ ।
कुम्भ : महत्वपूर्ण यात्रा हुनेछ । आर्थिक कारोवार गर्दा निकै ध्यानदिनु होला । सहयोगीहरूको कारणले राजनैतिक सफलता मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।
मीन : मनमा अनेकौ द्विविधा युक्त कुराले मनमा अशान्ति छाउनेछ । बोल्दा तथा कारोवार गर्दा निकै ध्यान दिनुहोला । प्रेमिकाको पूर्ण सहयोगले मध्यान्हदेखि रामो हुनेछ । अध्ययनमा रुचि कम हुनेछ ।