चार सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको मूल्य हप्ताको पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।