जितका लागि नेपालले पायो २१९ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली केन्याले पहिलो एकदिवसीय खेलमा नेपाललाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको हो ।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुयाले अर्धशतकीय इनिङ खेलेका छन् । पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३र३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १र१ विकेट लिए ।

केन्याविरुद्ध उत्कृष्ट सुरुआत गरेको नेपालले ४९ रनमा ४ विकेट लिएको थियो । तर, पाँचौं विकेटका लागि रकिप पटेल र कोलिन्स ओबुयाले १ सय ३० रनको साझेदारी गर्दै केन्याको इनिङ उकासेका थिए । आज नेपाल केन्यालाई हराउँदै सुखद सुरुआतको योजनामा रहेको छ ।