
झापा, गौरादह/ प्रधानमन्त्री के. पी. ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको गौरादह नगरपालिका स्थित गौरादह उद्योग वाणिज्य संघमा नयाँ कार्यसमितिको लागि चुनावी माहौलले बजार तताउन थालेको छ ।
निर्वाचन आगामी माघ १८ गते हुँदैछ भनें अध्यक्ष लगायतका पदहरुमा क-कसले उम्मेदवारी दिने भन्ने चर्चा पनि चुलिदै गएको छ । निर्वाचन कार्यतालिका संगै कसले कुन पदमा उम्मेदवारी दिने भन्ने रस्सा कस्सी सुरु भइ सकेको छ ।
वाणिज्य संघ लगायत दर्जनौ संघ संस्थामा आवद्ध भएर नेतृत्व सम्हालेका बर्तमान अध्यक्ष जीवन कुमार राइ यो पटकको निर्वाचनमा ब्याक बस्ने भन्ने हल्ला चुलिए संगै लोकतान्त्रिक प्यानल बाट अध्यक्षमा कसले टिकट पाउने हो भन्ने बहस सुरु भइसकेको छ । राइले उम्मेदवारी नदिने भन्ने हल्ला संगै नयाँ अनुहारको खोजी समेत हुन थालेको छ ।
आगामी एक कार्यकालको लागि राइले नै अध्यक्षता गर्नुपर्छ भन्ने धारणा कतिपय व्यवसायीले लिएका छन् भने कतिपयले वाणिज्यमा नयाँ नेतृत्व दिनको लागि राजनीतिक तथा सामाजिक रूपमा ख्याती कमाउन सफल रहेका भुपालराज कट्वाललाई रोज्न थालिसकेका छन् ।
लोकतान्त्रिक मात्र होइन प्रगतिशील प्यानलमा मतदान गर्ने मतदाताहरु समेत कट्वालले उम्मेदवारी दिने चर्चालाइ महत्वका साथ हेरेका छन् ।
प्रगतिशील प्यानल बाट अध्यक्षमा उम्मेदवारीको लागि निर्मल बास्तोलाको सम्भावना निकै बढी देखिएको छ । बास्तोला संग महासचिव भएर एक कार्यकाल पुरा गरी सकेको अनुभव छ भनें सहकारी, यातायात लगायत दर्जन बढी सामाजिक तथा ट्रेड युनियनलाई नेतृत्व प्रदान गरेको अनुभव उनमा रहेकोे छ । गौरादह क्षेत्रमा योग प्रशिक्षणको लामो अनुभव हासिल गरेका बास्तोला गौरादह क्षेत्रका स्थापित व्यवसायी हुन् । उनको उम्मेदवारीको चर्चालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
गत हप्ता सम्म लोकतान्त्रिक प्यानल बाट अध्यक्षको चर्चामा रहेका असोक चुडालले अकस्मात प्रथम उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा चुलिएको छ ।
प्रगतिशील प्यानल बाट संघका पुर्व अध्यक्ष दिलिप भण्डारीको चर्चा चल्न थालेको छ ।
युवा व्यवसायीहरुका बिच निकै राम्रो प्रभाव राख्न सफल र कृषि क्षेत्रमा रहेका व्यवसायीहरु माझ निकट सम्बन्ध राख्न सफल रहेका चुडालको उम्मेदवारीको चर्चाले निकै अर्थ राख्ने बताइन्छ भनेंं एक कार्यकाल संघको नेतृत्व सम्हालिसकेका र बौद्धिक अनि तार्किक क्षमता भएका भण्डारीले उम्मेदवारी दिने चर्चालाई पनि बढिनै महत्त्वका साथ हेरिएको छ ।
द्वितीय उपाध्यक्षमा लोकतान्त्रिक प्यानल बाट बिरेन्द्र बस्नेतको उम्मेदवारीको चर्चा चलेको छ भनें
प्रगतिशील प्यानल बाट दिल ब खत्री चर्चामा छन् ।
वाणिज्य संघमा पदाधिकारी भएर अनुभव हासिल गरेका र संस्था सञ्चालनमा निकै खारिएका मानिने बस्नेतको उम्मेदवारीलाई टक्कर दिनको लागि मैदानमा निस्किन लागेका खत्री सबै खाले व्यवसायी संघ लोकप्रियता हासिल गर्न सक्षम मानिन्छन् । उनि बर्तमान कार्यसमिति सदस्य हुन् भने भलिबल खेलमा निकै ठुलो ख्याती कमाएका गौरादह क्षेत्रका पुराना खेलाडीको रूपमा पनि चिनिन्छ्न । उनको उम्मेदवारीले बजार तताउने निश्चितै देखिन्छ ।
तृतीय उपाध्यक्षमा कमला नेम्वाङ र प्रकाश बास्कोटाको चर्चा चुलिएको छ ।
धार्मिक क्षेत्रमा समेत प्रभाव राख्न सक्ने नेम्वाङ राजनीतिक क्षेत्रमा निकै दर्विलो पहुँच राख्न खप्पिस मानिन्छन् ।
युवा तथा महिलाहरु माझ लोकप्रिय रहेकी नेम्वाङ बर्तमानमा वाणिज्य संघ सदस्य समेत रहेकी छिन् । उनको उम्मेदवारीको चर्चा संगै प्रगतिशील समुहबाट फर्निचर व्यवासायीको रूपमा गौरादहमा दर्विलो छाप छोड्न सफल रहेका संघका वर्तमान सदस्य प्रकास बास्कोटाको उम्मेदवारीको चर्चाले बजार निकै तताएको देखिन्छ ।
सामाजिक क्षेत्रमा निकै लोकप्रियता हासिल गरेका बास्कोटा गौरादह फर्निचर व्यवसायी संघका वर्तमान अध्यक्ष हुन् ।
उनले कुनै पनि संघ संस्थामा उम्मेदवारी दिइ रहदा निकै अर्थपुर्ण रूपमा हेर्ने गरिन्छ ।
महासचीवको पदमा लोकतान्त्रिक प्यानल बाट वर्ष २०२० जेसिस अध्यक्षमा हालसालै निर्वाचित भएका तारा कुमार श्रेष्ठको चर्चा चुलिएको पाइन्छ भनें जेसिस वर्ष २०१६ का अध्यक्ष रहिसकेका र सबै प्रकारका व्यवसायीको मन जित्न सक्ने क्षमता भएका हरिचन्द्र अधिकारीको उम्मेदवारी दिने चर्चाले विस्तारै बजार तताउन सुरु गरिसकेको छ ।
कोषाध्यक्षमा प्रगतिशील प्यानलका हरि कार्कीको नाम अधिकांश व्यवसायीले लिने गरेका छन् ।
यी हुन् खुल्ला सदस्य पदमा बजार तताउन थालेका अनुहारहरु
रुपेश बिष्ट, सन्त कु साह, भोला चक्रवर्ती, गणेश राजवंशी, अरुण शाह, खगेन्द्र थापा, मोहन पराजुली, मोहन कोइराला, सुरेश शर्मा, गुरु श्रेष्ठ, पर्मेश्वर शाह, सोम सिल्वाल, मदन पौडेल तथा विपिन रिजाल ।
महिला सदस्यको चर्चामा : पंकजा भण्डारी, रुका कोइराला, मन्दिरा कार्की,
लेखा संयोजक अरुण घिमिरे तथा क्रान्ति दिप काफ्ले
गौरादह उद्योग वाणिज्य संघमा करिब २ हजारको हाराहारीमा मतदाता रहेकोे बताइन्छ । कुल मतदाता मध्ये लगभग १२ सयको हाराहारीमा मात्र मत खस्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पछिल्लो समय गौरादहमा निकै धेरै उद्योग धन्दाहरु स्थापना हुन थालेका छन् । उद्योग वाणिज्य संघलाई व्यवसायीको हक हितमा मात्र सिमित नराखेर ठुला र मझौला खालका उद्योग धन्दाहरुको स्थापना गर्ने र रोजगारीका अवसरहरु समेत सृजना गर्ने कार्यमा लाग्नुपर्ने सुझाव सरोकारवाला ले दिएका छन् ।
यस्ता छन् वर्तमान नेतृत्वका उल्लेखनीय कार्य
राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार ल्याएर २७ दिन लामो दशै महोत्सव सम्पन्न गरे लगत्तै आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव जस्तो राष्ट्रियस्तरको कार्यक्रम पस्किन सक्नुलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
नेपाल सरकारले ल्याएको नयाँ कर प्रणालीलाई व्यवसायीहरु माझमा पुर्याउनको लागि सञ्चालन गरेको कर शिक्षा कार्यक्रमले राष्ट्रिय महत्त्व राख्न सक्ने व्यवसायीको धारणा रहेकोे छ ।
संघको हलमा दैनिक रूपमा सञ्चालन हुने योग शिक्षा कार्यक्रमले धेरै जनाले स्वस्थ जीवन पाउन सकेका छन् ।
यस्का साथै विभिन्न तालिम तथा गोष्ठीहरुमा राष्ट्रिय र क्षेत्रीय रूपमा रहने नियमित सहभागिताले बस्तु तथा सेवा आयात साथै स्थानीय घरेलु उत्पादनको प्रवर्द्धनमा समेत सम्भावना बन्दै गएको पाइन्छ ।
वर्तमान नेतृत्व प्रती कस्ता थिए चुनौती ?
बर्तमान अध्यक्ष जीवन राइको कार्यकालले गौरादह उद्योग वाणिज्य संघलाई नयाँ उचाइमा पुर्याउन आंशिक रूपमा सफल रहेको मानिन्छ । मुलतः बर्तमान कार्यसमितिलाई अप्ठ्यारो पर्नुमा निम्न कारण हुन सक्छन् ।
१. संघीयताको नयाँ अभ्यास : स्थानीय, प्रादेशिक र संघीयताको अभ्यास गर्ने क्रममा निकै धेरै चुनौतीहरु संग सामना गर्नुपरेको अवस्थामा नयाँ नयाँ निति नियम कार्यविधिको प्रयोग गर्दै संघ संस्था सञ्चालन गर्नु निकै असहज परिस्थिति रहनु स्वाभाविक नै रहन्छ ।
२. नयाँ नगरपालिकाको घोषणा: गौरादहलाइ नगरपालिका घोषणा भए पस्चातको पहिलो कार्यसमिति भएको कारण बाट पनि नयाँ र पुराना व्यवसायी विच असन्तुलन देखिनु लाई पनि अस्वाभाविक मान्न सकिदैन ।
३. ग्रामीण परिवेश र भौगोलिक बिकटता:
भौगोलिक हिसाबले अत्यन्तै भेक रहेको गौरादह जस्तो ग्रामीण परिवेश रहेको नगरपालिकामा रहेका व्यवसायीलाई वाणिज्य संघको महत्व बुझाउन पनि निकै चुनौतीपूर्ण नै रहने हुनाले
४. खुद्रा व्यवसायीको बाहुल्यता: गौरादह क्षेत्रमा अधिकांश व्यवसायीहरु खुद्रा व्यापारमा आवद्ध रहेका छन् । दैनिक हातमुख जोड्न धौधौ पर्ने अवस्थामा रहेका सदस्यलाई संघले कसरी सन्तुष्ट राख्ने भन्ने तथ्यलाई नेतृत्वको कमजोरी ठान्नु आफैंमा अनुपयुक्त मानिन्छ ।
५. पर्याप्त आर्थिक श्रोतको अभाव: उद्योग धन्दा धेरै भएका स्थानमा उद्योग वाणिज्य आर्थिक रूपमा सफल रहन सक्छ । गौरादह क्षेत्रमा स्थापित उद्योगहरु अधिकांश नयाँ रहेका र सञ्चालनमा आएका उद्यउद्योग धन्दा समेत प्रतिस्पर्धात्मक बजार नभएको कारण पछी पर्नु स्वाभाविक नै हो । फराकिलो आर्थिक श्रोतको व्यवस्थापन नहुदा सम्म गौरादह उद्योग वाणिज्य संघमा जस्तोसुकै नेतृत्व आएता पनी असन्तुष्टी रहनु अस्वाभाविक मान्न मिल्ने देखिदैन ।
६. पदाधिकारी तथा सदस्य विच समन्वयको अभाव: नेतृत्वको मुख हेर्ने वा कमजोरीको चर्चा मात्र गरेर कुनै पनि संघ वा संस्थाको बिकास हुन सक्दैन । निर्वाचनमा होमिदा गरिएका वाचा कसम पुरा गर्नु प्रत्येक पदाधपदाधिकारी वा सदस्यको उतिनै जिम्मेवारी रहन्छ