
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएरै छाड्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल निजामती संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने भन्दै यस्तो दाबी गरेका हुन् ।
बिज्ञापन



निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र एमालेले बहुमत ल्याएरै छाड्ने पोखरेलको जिकिर छ ।आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षेत्र, राष्ट्रियता र देश बनाउनका लागि हिजो गरेका कामहरू सुरक्षित रहेको पोखरेलले बताए ।

साथै पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजग गराउने बताएका छन् ।