
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलमा युनियन बर्लीनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । शनिबार राती बर्लीनको घरेलु मैदानमा भएको खेलमा बायर्नले बराबरी खेल्दै अंक बाडेको हो ।
खेलमा सुरुवाती अग्रता बर्लीनले लिएको थियो । खेलको १२ औं मिनेटमा सेराल्डो बेकरले गोल गर्दै बर्लीनलाई अग्रता दिलाएका थिए । बायर्नका लागि खेलको १५ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडे तालिकाको तेस्रो स्थानमा छ । पराजित बर्लीन ११ अंक जोडेर चौंथो स्थानमा छ ।
शनिबार राति नै भएको अर्काे खेलमा बोरुसिया डर्टमण्डले होफेनहाइमलाई १–० ले हराएको छ । डर्टमण्डलाई जित दिलाउन मार्को रिउसले १६ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेर डर्टमण्ड दोस्रो स्थानमा छ । पराजित होफेनहाइम ९ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।