
एजेन्सी । स्वस्थ्य रहनका लागि खान पानले निकै नै सहयोग गर्ने गर्दछ । तसर्थ हामीले कुन समयमा के खाने भन्ने विषयमा निकै ध्यान पुर्याउनु जरुरी छ । खानाका साथै साँझ परेपछि के कस्ता काम गर्ने भन्ने विषयमा पनि निकै ध्यान पुरयाउनु जरुरी छ, जसमाः




१) पानी नपिउनेः

स्वस्थ्य रहन हामीले प्रशस्त पानी पिउनुपर्छ । आफूले भ्याएसम्म पानी पिउनुहुन्छ । कहिलेकाहिँ तपाईँले सोँचेको जस्तो नहुन सक्छ । साथीहरूसँगको जम्काभेटमा कोल्ड ड्रिङ्क्स अनि हलुका बियर पिउने गरिन्छ।
पेय पदार्थहरूले तपाईँको शरीरबाट पानी सोस्दछ र मुख सुक्खा गराउने, टाउको दुख्ने, थकाई लाग्ने जस्ता समस्याहरू उत्पन्न गराउँदछ। त्यसैले घर फर्किएपछि प्रशस्त पानी पिउने गर्नुहोस
२) जङ्क फूड खाने
घर फर्किएपछि मिठो मसिनो खान पाउनुको मज्जा नै बेग्लै हुन्छ । साँझको समयमा बदाम अथवा काजु खानुहोस्, अथवा डाइजेस्टिभ बिस्कुट खानुहोस् । त्यो पनि धेरै नखानुहोस्।
३) धेरै टिभी हेर्ने
कार्यालयबाट अथवा कतै गएर साँझ थकित मुद्रामा घर फर्किनुहुन्छ र आफ्नो सबै थकाई टिभी अगाडिको सोफामा बसेर मार्नुहुन्छ। पत्याउनुहुन्न होला, तर टिभीले झन् तपाईँको थकाई मार्नुको सट्टा बढाउने काम गर्दछ । बढिमा आधा घण्टा मात्रै समय टिभिलाई दिनुहोस् ।
४) धेरै खाने
विहानको खाजालाई दिनको सबैभन्दा महत्वपूर्ण खाना मानिन्छ । तर रातिको खाना पनि कम महत्वपूर्ण भने छैन । तथापी, मानिसहरू रातको समयमा भोक लाग्यो भन्दै अपच हुने गरी टनाटन खान्छन्।
रातिको खाना भनेको दिनको सबैभन्दा हलुका खाना हुनुपर्छ, किनभने सुत्ने समय धेरै बाँकी छैन र सुतेको बेलामा तपाईँ आफ्नो पेटलाई थकाउन चाहनुहुन्न। धेरै खाएपछि पेटलाई पचाउन गाह्रो पर्छ र सुतेपछि पेटमा समस्या देखिन्छ । जसको कारण ग्यास्ट्रिक, एसिडिटी अनि गुणस्तरहीन निन्द्रा जस्ता समस्या उत्पन्न हुने हुन्छ ।