सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो । अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ ।

अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग सिपीएल खेल्न देश बाहिर छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।