कस्ताे रहला आज दिनभरकाे माैसम ?

काठमाडाैँ : देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चिसो बढ्ने क्रममा रहेको र यो क्रम अझै केहीदिन चल्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।

महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

अहिले बिहान पहाडी भू–भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।