प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ। प्रचण्डका स्वकीय सचिव गंगा दाहालले बैठकबारे पुष्टि गरेकी छन्।

उनका अनुसार दुई जनाबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सम्बन्धमा कुराकानी भएको छ। ‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ,’ दाहालले भनेकी छन्,। ‘भेटघाटको क्रममा सरकासत्तारुढ दल निकट नेताहरुका अनुसार भदौ १४ गतेसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएसँगै मन्त्रिपरिषद् तत्काल विस्तार हुने सम्भावना थियो।

तर जसपा अध्यक्ष उपेन्द्र यादवले केही दिनको समय मागेपछि मन्त्रिपरिषद् १४ गतेसम्का लागि सारिएको ती नेताहरु बताउँछन्।

यसबीचमा सत्तागठबन्धनबीच मन्त्रालयको टुंगोसमेत लागिसकेको बताइएको छ। जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउन छन्।यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ।’