
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ प्रदेश समितिले प्रदेशमा जिल्ला सहइन्चार्ज, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ ।

समितिका अनुसार प्रदेशका केही जिल्लामा कार्यविभाजन भएको हो । सो क्रममा सुनसरी जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी सुरेन्द्र मेहता र सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई तोकेको समितिले जनाएको छ ।
त्यसैगरी, भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राईलाई जिम्मेवारी दिइएको छ । उदयपुर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयोजकमा भगवती खनाललाई मनोनयन गरिएको पार्टीले जनाएको छ ।



समितिले जनवर्गीय संगठनको जिम्मेवारी पनि तोकेको छ । वाइसिएल प्रदेशको इन्चार्जमा प्रदेश सभासदस्य कुलप्रसाद साम्बा, सहइन्चार्जमा जीवन आचार्य, आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरूको इन्चार्जमा मुक्साहाङ मेन्याङ्बो, सहइन्चार्जमा नारायण बुर्जामगर, पेसागत महासंघ, नेपाल र सम्बद्ध संगठनको इन्चार्जमा सुशीला घिमिरे, सहइन्चार्जमा कल्पना कार्की, अखिल नेपाल ट्रेड युनियन महासंघ र सम्बद्ध संगठनहरूको इन्चार्जमा हेम कार्की, सहइन्चार्जमा भूपाल सापकोटा, भानु मैनाली, ओपेन्द्र राय, उद्योग व्यावसायिक संगठन र सम्बद्ध संगठनहरूको इन्चार्जमा टंक गिरी, सहइन्चार्जमा द्रोणप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, जनसांस्कृतिक महासंघको इन्चार्जमा शम्भु राई, नेपाल कानुन व्यवसायी संगठनको इन्चार्जमा मोहनबहादुर खत्री, दलित मुक्ति संगठनको इन्चार्जमा खेम सुन्दास र सहइन्चार्ज धनमाया विक, विशाल रसाइली, प्रोग्रेसिप इन्जिनियरिङ एसोसिएसन नेपालको इन्चार्जमा वीरेन्द्र बस्नेत, अखिल क्रान्तिकारीको इन्चार्जमा अइन्द्रविक्रम बेघा, खेलकुद महासंघको इन्चार्जमा राजु आचार्य र सहइन्चार्जमा थामबहादुर राई, प्रेस संगठन नेपालको इन्चार्जमा शिवकुमार डाँगी र सहइन्चार्जमा भेषकुमारी राउत, अखिल नेपाल किसान महासंघको इन्चार्जमा केपी बराल र सहइन्चार्जमा सुरेन्द्र मेहता, चूडामणि बराल, महिला संघ क्रान्तिकारीको इन्चार्जमा होमकुमारी खापुङ र सहइन्चार्जमा गीता तिमल्सिना, करुण ढुंगेल, भूमिहिन सुकुमबासीको इन्चार्जमा लालबहादुर सुस्लिङ र सहइन्चार्जमा कल्पना कार्कीलाई चयन गरिएको छ ।
यस्तै, नेपाल बुद्धिजीवी संगठनको इन्चार्जमा अमरसिंह थापा, नेपाल मुस्लिम संगठनको इन्चार्जमा मो.जाकिर हुसेनलाई जिम्मेवारी दिइएको छ ।