थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं।  पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९८ जना र २ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण देखिएको हो ।

बिज्ञापन