
डा.केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन्।
‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा.केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा.भट्टराईले ट्वीटरमा लेखेका छन्।
आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा.केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन्।
‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? वेलैमा सोचौं,’ डा.भट्टराईले भनेका छन्।