यस्तो हावादारी  बजेट पूरा हुनै सक्दैन: नेपाली काङ्ग्रेस सभापति देउवा

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६र७७ का विनियोजन गरेको बजेट हावादारी भएको प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बताएका छन् । बुधबार संसदमा पेश भएको बजेट पूरा हुन नसक्ने उनको भनाइ छ ।

संसद भवनभित्र बजेट प्रस्तुत पश्चात पत्रकार समक्ष बोल्दै बजेट हावा भएको र यस सरकारले यसलाई पूरा गर्न नसक्ने उनले भनेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले हिजो पेश भएको बजेटलाई हावाको संज्ञा दिएका हुन् ।

बिज्ञापन

सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ का लागि साँढे १५ खर्बको आय व्ययको विवरण प्रस्तुत गरेका छन् । अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटको आकारमा झण्डै २ अर्ब रुपैयाँ बढाएर बजेट ल्याएका हुन् ।