
काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँ बढेर प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको हो। यो खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।
अमेरिका र चीनबीच भएको व्यापार युद्धका कारण सुनको मूल्य आकासिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्।