
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन गरेको टिप्पणी गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले संसद्को दुवै सदनबाट २-२ पटक पारित भएको नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको बताएका छन् ।
यादवले बुधबार बिहान सामाजिक सञ्जाल सेसबुकमा लेखेका छन्, संसद्को दुवै सदनबाट दुई-दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार हो । नागरिकता संशोधन विधेयकमा असन्तुष्ट जनाउँदै राष्ट्रपतिले यसअघि १५ औं दिनमा संसद्मा फिर्ता पठाएकी थिइन् ।