चेकजाँचमा खटिएका प्रहरीलाई  काकुटपिट गर्ने व्यापारी पक्राउ

दमक/ कञ्चनपुरमा चेकजाँचमा खटिएका नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना हार्डवेयर व्यापारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेको   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ ।

बिज्ञापन

प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको कार्यालयका प्रवक्ताले जानकारी दिए।

उनका अनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले  हिजाे मंगलबार साँझ पक्राउ गरेको हो। रानाले चेकजाँचका क्रममा रहेका असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

राना हार्डवेयर व्यापारी भएकाे र रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्दै आएको प्रहरी स्रोतकाे दाबी छ।

कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।