बिर्तामोड र दमकका विद्यालय २ दिन विदा

दमक /  गर्मी बढेसंगै  बिर्तामोड र दमक नगरपालिकाले २ दिन विद्यालयहरुलाई विदा दिएका छन् ।

आज सूचना जारी गरी बिर्तामोड नगरपालिकाले भोलि र पर्सी दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जनाएका छन् ।

तस्तै दमकका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गरी भोलि र पर्सी विद्यालय विदा दिएको जनाएका छन् ।