
दमक / देशैभरका सुनचाँदी पसल बन्द गरेर सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

आज बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसायनै बन्द गरेर विरोध जनाएका छन् ।



‘सरकारले आगामी बजेटमार्फत सुनमा विलासिता कर लगाएको र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ ,’सुन चाँदी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

यसले सुनचाँदी व्यवसाय नै सङ्कटमा पर्ने देखिएको ले यस्काे खारेजको माग गर्दै देशभर सुनचाँदी पसल बन्द गराएर विरोधमा उत्रिएका हौँ, अध्यक्ष ले भने
।
सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माण गर्नुपर्न माग सहित सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको भनाइ रहेकाे छ ।