
झापाको कमल गाउँपालिका-२ मिलन चोकमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान सवा १० बजे मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १ -०२-०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
बिज्ञापन



ट्याक्टरले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका-३ का ४१ बर्षीय केदारनाथ दाहाललाई उपचारको लागी लाईफ लाईन अस्पताल पठाईएकोमा बाटोमा नै मृत्यु भएको तथा दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
