जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, १९ लाखको हात खाली

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट भएको छ ।

जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गरेको हो ।

बिज्ञापन

लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए । यो आईपीओ परेको सबैभन्दा धेरै आवेदन हो ।

कम्पनीको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले पाएका छन्भने १९ लाखको हात खाली भएको छ ।