
सर्व श्रेष्ठ

भैरे
नकरा भो आखिरिमा
जति मंगो भए पनि के भयो त
तैले राज्यको चट्नी चाट्न
पाएकै छस्
अलि अलि छोरा छोरीका
लागि छात्रा बिर्दी मिलाएकै होला
अनि तलाइ के भो छोड्दे
म तलाइ थप सुबिदा
भन्दिछु ।
नकरा भो ……………..



बरु गाउँमा गएर मेरो बारेमा राम्रो कुरा
गरेस् है
तल भिर मुनिको बाटोको पैसा
मिलेर खाए न भनेस्
कतै पनि मेरो छोरी बुवारिलाइ
निउक्ती गरेको कुरा न भनेस्।
चट्निमा थोरै अरु केही मिलाउला

तल त्यो बिर्खे कामी निकै बौलाउदैछ रे
कैले सहिदका सपना बेचर खाए भन्छ रे
कहेले दलाल र भस्ट्र भएर गाउँका
नदि नाला बेचेर सके भन्छ रे
त्यस्लाइ अलि सम्जाउनु बुडेसकालमा
पागल खाना पुग्लास है भनेर
नभए चुप लागेर बस्नु भन्दिनु ।
चट्नी संग तोरै तीन पाने मिलाउला
भैरे
म आउदा फुल पाती
राम्रो सग तयार गर्नु है
सम्मान त पहिलेको भन्दा नि उच्च
हुनुपर्छ नि
छिमेकी हरुले कति धेरै लोक प्रिय
भएछ है ।
हाहाहाहा………………..भन्नै परो
त्यस्को लागि चट्निमा तुरै
हुस्की मिलाउला ……….
आखिरिमा मलाइ के को चिन्ता
ठुला ठुला मेडिक कलेज मेरै हो
नभन्नुनी
बिदेशी मित्र जन मेरै
देसको सबै निकाय मेरै हातमा छ
निउखोजनेलाइ
मुन्टियाएर जेल कोच्छु
अलि बडि गर्नेलाइ आतंककारी
भन्छु
हाहाहाहा ……………………….
चट्निमा अरु केही थपौ त
नभन्नु नी सबै मेरो भनेर
.
भैरे
मलाइ के मत्लब जो सुकै
बिरामी भएर मरुन
जो सुकैले पढ्न न पाउन
के मत्लब ?
भैरे
चट्नी थपौला
तर गाउँमा नेता जिले गरिब र
निमुखाको पक्छ्मा
काम गर्दै हुनुहुन्छ भनिदिनु है
भैरे ला एक बोदल हुस्की
एक बिटो लेर जा
तलाइ थाहा छ यो बिटोमा
कति छ भनेर
एक लाख छ है ………
चट्नीको स्वाद लिनु
भैरे
ल जा तलाइ गाह्रो भएमा आउनु
तर गाउँमा राम्रो सग लाग्नुनी
हाहाहाहा…………………..
सहिदको सपना
गरिबको मुद्दा
हेर त यसरिनै पैसामा
साटिन्छ ।
तर भस्ट्र
बिदेशी दलाल
माफियाका नाइके भन्दा
ताली बजाएर नहास्नु नि
चट्नी फेरि बन्द हुन्छ ………….हाहाहा ……..