
काठमाडौं : संसद् विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

आइतवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली संसद् विघटनको निर्णय गरेका थिए ।
बिज्ञापन



प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा अधिवक्ता शुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीले छुट्टाछुट्टै रिट पेश गरेका हुन् । यी रिट सोमवार दर्ता हुने बताइएको छ ।
