
नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारलाई खबरदारी गर्न आम नागरिकलाई आह्वान गर्नुभएकाे छ ।

काेराेना संक्रमण भुसकाे आगाेझै फैलीए पनि सरकारकाे ध्यान नगएकाे भन्दै उहाँले सरकारले देख्ने र सुन्नेगरी खबरदारी आह्वा गर्नुभएकाे हाे । उहाँले समाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएकाे छ- ‘भुसको आगाेझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ- सरकार अब अति भो!’



नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विवादमा अल्झेको र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आफूले राम्रो काम गरेको छु भन्दै आफै भजन गाउँदै हिँडेको टिप्पणी पनि गर्नुभएकाे छ । ‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त,’ थापाले लेख्नुभएकाे छ ।

मुख्य जिम्मेबार पदाधिकारीहरुलाई नै संक्रमण नियन्त्रणको विषय प्राथमिकतामा नपरेकाले संक्रमणले नराम्रो रुप लिनसक्ने नेता थापाले चिन्ता व्यक्त गर्नुभएकाे छ ।
थापकाे ट्वीट जस्ताकाे तस्तै
‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त! भुसको आगाेझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ- सरकार अब अति भो!’