गौरादह कार्तिक २७- झापाको गौरादह नगरपालिकामा यही मंसिर ८ देखी १६ गतेसम्म आयोजना गरिने अध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवको प्रचारप्रसार तिब्र पारिएको छ ।
आफ्ना नानीलाई अध्यात्मिक शिक्षा दिऔं, छरिएर रहेका परम्परा र संस्कृतिको जगेर्ना गरौं, आन्तरिक पर्यटन प्रवर्द्धन गरौं भन्ने मुल नाराका साथ आयोजना हुन गइरहेको महोत्सवको पण्डाल निर्माण कार्य तिब्र पारिएको हो ।
३ विघा क्षेत्रफलमा निर्माण गरिने महोत्सव परिसरमा विश्वकै चर्चित सक्तिपिठको रुपमा रहेको पाथिभरा देवीको मन्दिरको प्रतिरुप महोसव स्थलमा रहने, विश्वमै लोकपृय मानिएको मुक्ति क्षेत्र पाईने शालिग्राम भगवानको स्थापना गरि पुजा आराधना गरिने, पशुपतिनाथमा गरिने महाआरतीको आयोजना पशुपती क्षेत्र बाटै आएका पण्डितहरुबाट गराइने, गौशालाको स्थापना गरि राष्ट्रिय जनावार गाईलाई पुजा अर्चना तथा सम्मान अर्पण गरिने, १ करोड लक्षद्धिप प्रज्वलन गर्ने, विभिन्न भाषाभाषी, सँस्कृति तथा परम्पराको जगेर्ना गर्नको लागि महोत्वस्थलमा विभिन्न जातजातीका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने लगायतका लोकपृय कार्यक्रमहरु पस्कने तैयारी रहेको आयोजक समितिका अध्यक्ष डा. तिलक खनालले जानकारी गराए । कार्यक्रम अवधिभर सयौँको संख्यामा स्वयंसवेक परिचालन गरिने, कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विशेष अतिथि सम्मान कक्ष ग्रिनहाउसको स्थापना गरिने लक्ष रहेको वताए । महोत्सव स्थलमा धार्मिक पुस्तक प्रदर्शनी, विभिन्न जातजातीका भेषभुषा प्रदर्शनी, स्थानिय घरेलु उत्पादनको प्रदर्शनी लगायतका स्टलहरु रहने र स्टल बुकिङ खुल्ला भइसकेको जानकारी गराइएको छ ।