
काठमाडौं : संघीय निजामती सेवा विधेयकमा छलफल गर्न संसदको राज्य व्यवस्था समितिमा बोलाइएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूलाई सहसचिव स्तरका कर्मचारीले धम्की दिएको खुलासा गरेपछि बैठकमा एकछिन सन्नाटा छायो ।

राज्य व्यवस्था समितिका सदस्य सांसदहरुले विधेयकबारे सरकारको धारणा बुझ्न मन्त्री पण्डितलाई बैठकमा बोलाएका थिए । बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेपालको निजामती क्षेत्रका कर्मचारीहरुमा अराजक शैली बढेको बताउँदै यसलाई नियमनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।



यसक्रममा मन्त्री पण्डितले कर्मचारी समायोजनको विषयलाई लिएर ति सहसचिवले त्यस्तो दुव्र्यवहार गरेको बताएका हुन् । संघीय संसद अन्तर्गतको प्रतिनिधि तथा राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयकमाथि भएको छलफल क्रममा मन्त्री पण्डितले यस्तो खुलासा गरेका हुन् ।

मन्त्री पण्डितका अनुसार ति कर्मचारीले आफूलाई सबैभन्दा खराब मन्त्री भन्दै थुक्नेसम्मको धम्की दिएको सुनाए । मन्त्री पण्डितले विश्वकै अनुपम ढंगले नेपालले कर्मचारी समायोजन टुंग्याएको उदघोष गर्दै आएका छन् ।
मन्त्री पण्डितसँग समायोजनको विषयलाई लिएर कर्मचारीहरु रुष्ट बनेको छन् । समयोजनकै समयमा केही कर्मचारीहरु आफूविरुद्ध गालीगलौच गर्दै दुव्र्यवहारमा उत्रिएको समेत पण्डितले समितिमा गुनासो गरेका थिए । हिजो (बिहीबार) मात्र समितिले निजामती कर्मचरीको उमेर हद ५८ बाट ६० वर्ष पुर्याउने सहमती समितिमा भएको छ ।
हा, त्यही बैठकमा मन्त्री पण्डितले विगत सम्झिएका । यद्यपि ती सह सचिवको नाम भने उनले उल्लेख गरेनन् ।द नेपाल टपबाट