
दमक। झापाको दमक नगरपालिकामा समुदायका ७ सहित थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा भारतबाट आएका २ र समुदायका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमकबाट पठाइएका एक सय १६ जनाको स्वाबको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा भारतबाट आएर पाथीभरा होटल क्वारेन्टाइनमा बस्दै आएका २८ र ४२ बर्षीया दुई पुरुष छन् । त्यस्तै समुदायका संक्रमण पुष्टि हुनेमा दमक ९ का तीन महिला, दमक ५ का दई पुरुष तथ दमक २ र ३ का एक एक पुरुष छन् ।
बिज्ञापन



योसँगै दमकमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय ६ पुगेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिए ।सवाल नेपालबाट साभार
