कस्तो आदेश (कविता )

-सर्वश्रेष्ठ

………………….

मरो मन जलेर
अन्धकार भएको बेला
दिन हराए र रात परेको बेला
म खुशी हुनु रे ……….
कस्तो आदेश हो …..

मेरि आमा पीडिमा बसेर
जुन कुरेको बेला
मेरै रगत पसिनाले
लह लह दान जुलेको बेला
आखै अगाडि अर्कैले
आफ्नो बनाएको बेला
दिप सल्कानु रे
गरिब किसानको आशु
पिएर सासक रमाउदा
आँखा चिम्लिएर
बाजा बजानु रे
जबर्जस्ति खुशी मनाउनु रे
कस्तो आदेश …….

लेख्न पढ्न जनताको नैसर्गिक
अधिकार रे ………………..
तर मेरो छोरा पैसा नभएर
पढ्न नपाएर
तप तप अँखाबाट
आसुको भेल बगाएको बेला
जबर्जस्ति खुशी मनाउनु रे
कस्तो आदेश

मेरि बुडि आमा
उपचार नपाएर एैया एैया
गर्दै कराएको बेला
तस्कर र दलालको खुसीमा
बाजा बजानु रे
दिप सल्काउनु रे
म कहाँ सक्छु र
मेरो लागि दिन
अँध्यारो भएको बेला
म कहाँ सक्छु मेरो
छातिमा छुरा हानेको बेला
कस्तो सादेश हो ………

भोकाहरुको दिन आउँछ
खुसियाली सबै तिर छाउछ
जनबाद आउँछ भदै
कराएको तिमी ,त्यो बेला
तर अहिले दलालको दिन
आउदा
मजदुर र किसानमा झन
दुख्ख छाउदा
देशको लागि लड्ने
मेरो साथिलाइ
बिदेशिले हातकडी
लगाएर तोनेको बेला
म काहा तिम्रो दिबसमा
रमाउन सक्छु ।
दिन नै अन्धकार
भएको बेला
कस्तो आदेश तिम्रो

म बोल्नै नपाएको बेला
मलाइ जुक्याएर
दलाल पुजिबादी सग
साइनो जोडेको बेला
मेरो मन मरेको दिन
म खुसी कहाँ मनाउन सक्छु र
दिनमै रात पारेको बेला
दलालले मेरो देश हात
पारेको बेला..म कहाँ रमाउन सक्छु र………………..
यो कस्तो सादेश हो सरकार.