
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

आज उपत्यकाकाे काठमाडौंमा १ हजार १, ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
बिज्ञापन



यो संख्या उपत्यकामा थपिएको अहिलेसम्मकै बढी हो । आज देशभर १२ हजार ९ सय ७८ को पीसीआ गर्दा २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, शनिबार २ हजार ४४ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन् ।