कबिता: मेरो देश

शिर्षक : मेरो देश

शान्त सुन्दर हराभरा , मेरो देश आहा ।
नेपाली भै बाच्न पाउ , हामी पुग्छौ जहाँ ।।                               बुद्ध जन्मे , सीता जन्मिन – भृकुटीको देश ।
संसारमै गौरब लाग्ने , हाम्रो भाषा-भेष ।।

यहि माटोमा हासिखेली , बितायौ है यौवन ।
डल्ला फोर्दै , सुन छर्दै बितेछ है जोवन ।।
शान्त, सुन्दर , सस्कृती र मेलमिलापको बाटो ।
रगतभन्दा प्यारो लाग्ने यहि देशको माटो ।।

पर्वतमाला,हिमशिखरले बेरिएको देश ।
अन्नपात र बनजङ्गलले घेरिएको देश ।।
यश धर्तिको स्वर्गभनी , चिनिएको नाम ।
सधैभरी यहि माटोको सेवा गर्न पाम ।।

हिन्दु,बौद्ध ,किरातिको तपोभुमी नेपाल ।
संसारमै सुन्दर छन् है, हाम्रा पहाड ,हिमाल ।।

कवि: रबिन्द्र ढुङ्गाना                                                  गौरादह-०९, बैगुन्धुरा, झापा।