नेपाललाई युएईले दियो २०३ रनको लक्ष्य

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट २०२ रन बनायो ।

युएईका अनुभवी अलराउन्डर रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । त्यस्तै, युएईका ओपनर मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, अलिशान शराफुले २१, लबासिल हामिदले १७ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए ।

मध्यगतिका बलर आरिफ शेखले ९ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ६ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।

यूएईविरुद्ध नेपालको प्लेइङ–११

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित पौडेल, विक्रम सोब र सोमपाल कामी ।