गाैरीगंज २१, मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा संघिय सभा सदस्य राजेन्द्र लिङ्देनले राजसंस्था सहितकाे हिन्दु राष्ट्र निर्माणकाे विकल्पमा नगए रास्ट्र गम्भीर संकटमा फस्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरादह नगर समिति र गाैरीगंज गाउँ समितिकाे संयुक्त आयाेजनामा आज गाैरीगंजमा भएकाे पार्टी प्रशिक्षण कार्यक्रममा महामन्त्री लिङ्देनले कांग्रेस र कम्युनिस्ट पार्टीले देशलाई बनाउन र बचाउन नसकेकाे आराेप लगाउदै त्यसकाे विकल्प राजसंस्थासहितकाे हिन्दुराष्ट्र नै भएकाे बताएका हुन् ।
महामन्त्री लिङ्देनले पार्टीले २०७६ साललाई संगठन निर्माण वर्ष मनाएकाे बताउदै पार्टीकाे मुख्य एजेन्डा राजसंस्थासहितकाे हिन्दुराष्ट्र भएकाे बताए ।
प्रमुख दलहरूमा रहेकाे सैद्धान्तिक विचलन, पार्टी भित्रकाे आन्तरिक विवाद, भ्रष्ट चरित्र, नैतिकताहिन र नेतृत्व क्षमतामा कमीका कारण देशले वैकल्पिक राजनैतिक शक्ति चाहेकाे बताउदै महामन्त्री लिङ्देनले त्याे वैकल्पिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी हुने दावी गरे ।
उनले राजासहितकाे हिन्दुराष्ट्रको एजेन्डा बोकेकै पार्टीले पराजित हुनु नपरेको बताउदै महामन्त्री लिङ्देनले पार्टी र आफू राम्राेसंग चल्न नसकेकाे कारण चुनाव हारेकाे बताए ।
नेपाली जनताले कम्युनिस्ट पार्टीलाई २ तिहाईकाे सरकार दिए पनि वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकाे नेपालकाे राष्ट्रियता समेत जाेगाउन नसकेकाे उहाँले आराेप लगाए ।
भ्रष्टाचार नियन्त्रणकाे जिम्मेवार लिएकाे अख्तियारका आयुत्तहरू भ्रष्टाचारकाे मुद्वा लागे पनि सरकार माैन रहेकाे उल्लेख गर्दै महामन्त्री लिङ्देनले आफुले कहि कतै काेहीसंग पनि १ पेैसा पनि नलिने प्रदिवद्वता जाहेर गरे ।
भ्रष्टाचारीहरू राजनीतिक पार्टीमा बसेपछि भ्रष्टाचारकाे नियन्त्रण नहुने बताउदै भ्रष्टाचार गर्नु आमाकाे रगत सरह खानु भनी आफुले थप सपथ लिएकाे स्मरण गराउदै त्यस किसिमकाे सपथ लिए देशबाट भ्रष्टाचार नियन्त्रण हुने उनले बताए ।
वाइडवडी काण्ड, ३३ किलाे सुन , बालुवाटारकाे सरकारी जग्गालगायत अन्य काण्डहरूमा कांग्रेस, कम्युनिस्ट पार्टीका नेताहरूकाे संलग्नता देखिएकाे हुदा अबकाे विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र रहेकाे महामन्त्री लिङ्देनले बताउदै देश बेच्ने र भ्रष्टाचार गर्ने पार्टी अब नटिक्ने बताए ।
नेपालमा राजा र हिन्दु राष्ट्र रहयाे भने मात्र देश र जनता रहने तथा देशकाे विकास हुने बताउदै महामन्त्री लिङ्देनले त्यसकाे स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लागि परेकाे बताए ।
कार्यक्रममा प्रदेश नं १ का पार्टी संयाेजक राम थापाले पार्टी सञ्चालन, अनुगमन, सुदृढीकरणका लागि केन्द्रीय कमिटिले प्रदेशलाई पुस मसान्तसम्ममा पार्टी सदस्य विस्तार गरि त्यस्काे नामावली पठाईसक्नु पर्ने बताए ।
झापाका प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा ५ सय जना सदस्य विस्तार गरि प्रत्येक वडामा वडा कमिटि निर्माण गरि सक्नुपर्ने कार्यकर्तालाई निर्देशन दिए ।
किसान, युवा, महिला, दलितलगायत अन्य कमिटिहरू निर्माण गरेर पार्टीलाई सुदृढीकरण गर्नु पर्ने प्रदेश संयाेजक थापाले बताउदै सामुहिक रूपमा अघि वढेर प्रत्येक वडामा १ सय सदस्य विस्तार गर्याे भने २ सय भाेट निर्माण भई चुनाव जित्ने उनले बताए ।
पार्टीका सह महामन्त्री राजेश गिरीले देशमा भ्रष्टाचार, हत्या हिंसा बढेकाे भन्दै त्यसकाे नियन्त्रणका लागि वर्तमान सरकार चुकेकाे बताए ।
उनले नेपाली जनताले २ तिहाई काे सरकार बनाउन भाेट दिएकाे भएपनि नेपाली जनताकाे चहाना बमाेजिम काम नगरेकाे भन्दै दक्षिण एसिया कै नेपाल सबै भन्दा बढी भ्रष्टाचार भएकाे बताए ।
दुई तिहाईकाे सरकारले देशमा अमचैयन र समृद्धि काे बाटाेमा जान्छ भनेर नेपाली जनताले भाेट दिएकाे बताउदै उनले वर्तमान सरकारले नेपालकाे आफ्नाे माटाे समेत संरक्षण गर्न नसकेकाे भन्दै प्रचण्ड, केपी अाेली, बाबुराम, देउवाले मेची, गण्डकी, लिम्पियाधुरालगायतका नेपाली अामा बेचेकाे आराेप लगाए ।
कार्यक्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, पार्टीका क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष विजय बराल, मिडिया नेपालका प्रदेश सदस्य सान नेपाल लगायतले धारणा राखेका थिए ।
पार्टीका गाैरादह अध्यक्ष शान्ति राम पाैडेल र गाैरीगंज गाउँ समितिका अध्यक्ष सहदेव खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत जिल्ला सदस्य जय बहादुर गुरूङ्गले गर्नुभएकाे थियाे भने सञ्चालन नन्दराज थापाले गरेका थिए ।