
काठमाडौं। काठमाडौंबाट एक अर्ब दुई करोड रुपैयाँ बराबरको अवैध लागुऔषध हेरोइनसहित सात विदेशी महिला पक्राउ परेका छन्।

उनीहरुलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइनसहित पक्राउ गरेको हो।
बिज्ञापन



पक्राउ परेका सबै दक्षिण अफ्रिकी महिला हुन्।

हेरोइन विभिन्न देशहरूबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइर भारत हुँदै तेस्रो मुलुकसम्म पुर्याउने योजान रहेको अनुसन्धानबाट खुलेको छ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९