-सान नेपाल

दमक/ मंसिर २६

दमक नगर प्याब्सनले बिहिवार आयोजना गरेको सांस्कृतिक कार्यक्रम प्रती सरोकारवालाले नै टिकाटिप्पणी गरेका छन् । प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा निर्णायक प्रती उनीहरुको आक्रोश देखिएको हो । निर्णायकले  पुर्वाग्रहपुर्ण तरिकाले आफू खुशी निर्णय सुनाएको बताउदै कार्यक्रम सप्पन्न भए लगत्तै सामाजिक संजालमा आक्रोश पोख्न थालिएको छ ।

इस्टु जिल्ला अध्यक्ष तथा मेची मा. वी. दमकका शिक्षक होमराज खतिवडा सामाजिक संजालमा अभिभावकको हवाला दिदै यस्तो लेख्छन् ,’….यस्तो चलखेल हुन्छ भन्ने थाहा पाएको भए नानी पठाउदैन थियौं …..जज ले अति गरे …. द्वितीय भएकोलाई प्रथम पारेको देखियो । …… कुन कुन बिधालयले पोजिसन ल्याउछ ….. डान्स सुरु हुनु अगाडिनै घोषणा हुँदो रहेछ …..। खतिवडाले देखावटी रूपमा कार्यक्रम नगर्न आयोजकलाई सुझाव दिएका छन् ।

सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै राजेन्द्र रेग्मी लेख्छन्, ‘विचरा प्रतियोगिहरु चाउचाउ र चटपटेको भरमा नाचेका ।त्यो पनि पक्षपात भए छ ।त्यो घोटला गर्ने जर्जलाई कालो मोसो दलेर नगर परिक्रमा गराउदा हुदैन ?’

सरला ओझा पोख्रेलको आक्रोश यस्तो छ, ‘यस्ताे पक्षपात हुदा त सारै दिक्क  लाग्छ।  अब याे कार्यक्रम  लाेप हुँदै जान्छ। बबुरा बच्चाकाे के दाेष?’

गौरादह इस्टु अध्यक्ष संजिव कार्कीको प्रतिक्रिया यस्तो रहेकोे छ, ‘प्याब्सनको प्रायजसो हुने कार्यक्रममा सिन्डिकेट प्रणाली छ । चाहे त्यो साँस्कृतिक कार्यक्रम होस या भलिबल।’