गौरादह/ सामाजिक रूपमा ख्यातिप्राप्त संस्था आरम्भ फाउन्डेसनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । गौरादह न. पा. ७ दुधालीमा रहेकोे भारती प्रा. वी. मा अध्ययनरत ९४ जना बालबालिकालाई एक औपचारिक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो ।
बिपन्न बालबालिकाहरुको शिक्षाको क्षेत्रमा उदाहरणीय कार्यहरू गर्दै आएको यस संस्था ले विभिन्न सहयोगी मन हरुको सहयोगमा न्यानो कपडा बितरण गरिएको संस्थाकि अध्यक्ष सृजना घिमिरेले जानकारी गराइन । उनले दाताहरू लाई धन्यवाद प्रदान गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम लिएर सामाजिक कार्यमा सकृय रहने बताइन् । कार्यक्रममा बिद्यालयका सन्चालक समितिका अध्यक्ष धली लाल राजबंशि, टोल बिकास समितिका अध्यक्ष राजेस राई , वार्ड महिला सदस्य तारा मोते लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम सन्चालन फाउन्डेसनका सचिब रमेश रपालले गरेका थिए ।