चेन्नईको लगातार तेस्रो हार, हैदराबादको दोस्रो जित

आईपीएल/इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराति चेन्नई सुपर किंग्स (सीएसके)लाई सात रनले हराउँदै हैदराबादले लगातार दोस्रो जित हासिल गरेको हो ।

दुबबई क्रिकेट मैदानमा भएको खेलमा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सीएसकेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

उसका लागि रवीन्द्र जडेजाले ५०, फाफ डु प्लेसिसले २२, कप्तान महेन्द्रसिंह धोनीले अविजित ४७ र साम कुरानले नटआउट १५ रन बनाए ।

बलिङमा हैदराबादका टीन नटराजले २, अब्दुल समद र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ५ वकेट गुमाएर १ सय ६५ रन बनायो ।

उसका लागि १९ वर्षीय प्रियम गर्गले २५ बलमा १ छक्का र ६ चौकासहित अविजित ५१ रन बनाए । त्यस्तै, अभिषेक शर्माले ३१, मनिष पाण्डेले २९, कप्तान डेविड वार्नरले २८ रन बनाए ।

बलिङमा सीएसकेका राहुल चाहरले २, शार्दुल ठाकुर र पियूष चावलाले एक/एक विकेट लिए ।