प्रबिधिमा अब्बल ज्योति मा. वी., सिसी क्यामेरा देखी इ-लाइब्रेरी सम्म
झापा/ गौरादह झापाको कमल गाउँपालिका वडा नं. २ मा रहेकोे  श्री ज्योति मा. वि.को ५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस  सम्पन्न गरिएको छ ।

वार्षिकोत्सब कार्यक्रम   विविध सास्कृतिक कार्यक्रम र शैक्षिक गतिविधि साथ समारोह सम्पन्न गरिएको हो ।

बिज्ञापन

समारोहमा बिधालय प्र. अ. नगेन्द्र बस्नेतले आ.ब. २०७६/७७ को आय ब्यय साथै विद्यालयको शैक्षिक तथा भौतिक प्रगति विवरण पेश गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष  मेनुका काफ्लेले गुणस्तरीय शैक्षिक विकासका लागि बिद्यालयलाई  प्रविधि मैत्री बनाउदै लैजानुपर्ने बताइन् ।

अध्यक्ष काफ्लेले पछिल्लो समय ज्योति मा. वी. उदाहरणीय बन्दै गएको धारणा राख्दै गुणस्तरीय शैक्षिक सुधार गरेकोमा उनले बिधालयको दिल खोलेर प्रसंसा गरिन ।

ज्योति मा. वी. आधुनिक आवश्यकता अनुसारको शिक्षा दिन अब्बल रहेको छ, बिधालय व्यवस्थापन समिति र शिक्षकहरुको मेहनतले आज खुशीको क्षण महसुस भएको छ, अध्यक्ष काफ्लेले भनिन् ।

कमल गाउँ पालिका भित्रका हरेक बिधालयहरु प्रबिधि मैत्री हुनुपर्ने बताउदै अध्यक्ष काफ्लेले परिवर्तन हेर्ने भए भुत्लुङ आएर ज्योति मा. वी. भ्रमण गर्न सुझाव दिइन्  ।

समारोहमा अधिकांश वक्ताले ज्योति मा. वी. को खुलेर प्रशंसा गरेका थिए ।

ओमकार टाइम्स संग  अनौपचारिक कुरा गर्दै बिधालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले बिधालयले भौतिक पुर्वाधारमा क्रमश सुधार गर्दै लगेको र प्रबिधि मैत्री शिक्षामा जोड दिएकोले एक दुई वर्ष भित्रैमा ज्योति मा. वी.  झापा जिल्लाकै उत्कृष्ट बिधालय हुने ठोकुवा गरे।

‘हामीले प्रबिधिको पहिचान गर्ने अवसर जुटायौं, प्रबिधिले विद्यार्थीको सर्वांगिण बिकासलाई सहयोग गर्ने निस्चित छ’  बस्नेतले भने ।

गाउँ पालिका भित्र कै सामुदायिक बिधालयहरु मध्ये ज्योति मा. वी. ले  पहिलो पटक स सिसि क्यामेरा जडान गरेको छ । सिसी क्यामेरा लगायत  प्रत्येक कक्षाकोठामा खानेपानी, इ-लाइब्रेरी लगायतको उद्घाटन सोही समारोहमा गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार एल.पी जोसि,  बिहानी कला केन्द्र दमककी प्रशिक्षक कमल खनाल रिजाल र बाल कलाकार रियाज रिजालको समेत प्रस्तुति रहेको थियो ।