बढ्यो सुनको मूल्य

नेपाली बजारमा  आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

हिजो (मंगलवार) छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।  त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।]

बिज्ञापन

हिजो तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।