

२०७५ साउन ४ गते : यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोपमा मेकानिकल इन्जिनियरसहित १३ जनाविरुद्ध मुद्दा दायर।



२०७५ साउन २१ गते : कटारी नगरपालिका उदयपुर र माई नगरपालिका इलाममा लेखा अधिकृत रविनचन्द्र ७ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर। उनले ३ करोड ९८ लाख कटारी नगरपालिकामा भ्रष्टाचार गरेका थिए। ३ करोड २४ लाख माई नगरपालिका भ्रष्टाचार गरेका थिए।

२०७५ असोज १९ : बर्दियाको बबई नदीमा बनेको जब्दीघाट पुल उद्घाटन नहुँदै भत्किएपछि पप्पु कन्स्ट्रक्सनका मालिक एवं सांसद हरिनारायणप्रसाद शाह रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर। उनीहरूविरुद्ध १९ करोड ३२ लाख बिगो माग दाबी।
२०७५ कात्तिक ९ : ताहाचलस्थित वैदेशिक रोजगार विभागका शाखा अधिकृत हरिप्रसाद देवकोटासहित २५ जनाविरुद्ध अवैध श्रम स्वीकृति दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा।
२०७५ कात्तिक ११ : मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २ करोड ८६ लाख बिगोसहित मुद्दा दायर
२०७५ कात्तिक १५ : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दीगम्बर रायसमेत १० जनाविरुद्ध बदनियत र लापरवाहीपूर्वक बोलपत्र मूल्यांकन र स्वीकृत गरी भ्रष्टाचार गरेकोमा मुद्दा दायर
२०७५ मंसिर १० : कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार गंगाधर पौडेलसहित ११ विरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार आरोपमा मुद्दा
२०७५ मंसिर २० गते : सिक्टा सिँचाइ आयोजनाको अनियमिततामा कालिका कन्स्ट्रक्सनका मालिक एवं पूर्वमन्त्री विक्रम पाण्डे र आयोजनाका ४ पूर्वप्रमुखसहित २१ विरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगोसहित मुद्दा
२०७५ पुस ५ : नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छाप्दा भएको भ्रष्टाचारमा पूर्वगर्भनर तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध मुद्दा। अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छापेको, नोट प्रिन्टिङ अस्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरेको मुद्दामा उल्लेख।
२०७५ पुस २३ गते : नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी प्रमुख गोपालबहादुर खड्काविरुद्ध १८ करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा
२०७५ पुस २५ गते : यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध २ करोड १० लाख अकुत सम्पत्ति आर्जनमा मुद्दा
२०७५ माघ २१ : समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत अनियिमतताको अभियोगमा पूर्वमन्त्रीद्वय बद्री न्यौपानेसहित १४ विरुद्ध मुद्दा। उनीहरूविरुद्ध ३१ करोड ५२ लाख रुपैयाँ बिगो माग।
२०७५ माघ १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर (नासु) श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा। ३३ किलो अवैध सुन तस्करीको अभियोगमा अनुसन्धानका क्रममा ०७३ पुस २७ देखि उनी निलम्बनमा छन्।
२०७५ चैत १२ गते : अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध ७८ लाख घुसकाण्डमा मुद्दा ।
साभार: अन्नपूर्ण पोस्ट