यौन दुव्र्यवहार गरेको उजुरी परेपछि पूर्व डिएसपी खिउँजु बेपत्ता

काठमाडौं : एक युवतीले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउपुर्जी जारी भएपछि पूर्व डिएसपी राजकुमार खिउँजु बेपत्ता भएका छन् । २२ वर्षीया युवतीलाई पटक-पटक बलात्कार गरेको बेहोराको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पुर्जी जारी गरेको थियो। पूर्व डिएसपी खिउँजु बेपत्ता भएपछि प्रहरीलाई थप तनाव थपिएको छ ।

 

यसरी पक्राउपुर्जी जारी भएपछि खिउँजु फरार भएको ललितपुर प्रहरीले बताएको छ । युवतीका अनुसार डिएसपी खिउजु ललितपुरस्थित चापागाँउ प्रहरी प्रमुख हुँदा पहिलोपटक बलात्कार गरेका थिए । ती युवतीले आफूविरुद्ध उजुरी दिने थाहा पाएपछि खिउँजुले गत पुसमा राजिनामा दिएका थिए । उनी २०७६ साउनमा सरुवा भई मोरङ पुगेका थिए ।

 

यस्तो छ घटना विवरण

 

घटनाअनुसार ती युवतीले सेक्युरिटी गार्डमा काम गर्नको लागि पुलिस रिपोर्ट चाहिने भएपछि प्रहरी बृत्त चापागाउँ गएका थिए । सोही बेला त्यहाँको प्रमुख रहेका डिएसपी खिउँजुले उनीमाथि जबरजस्ती यौनसम्बन्ध कायम गरेका थिए । यस विषयलाई लिएर ती युवतीले विभिन्न ठाउँमा न्यायको लागि लागेपनि न्यायको सट्टा धम्की पाउँदै आएका थिए ।

 

गत वर्ष २०७५ मंसिर ३० गते ती युवती खिउँजुकहाँ पुगेका थिए । त्यो समयमा पुलिस रिपोर्ट यहाँ बनाउने होईन जावलाखेल जानुपर्छ भन्दै चिया खान आग्रह गरी शयनकक्षामा लगी बलात्कार गरेका थिए । त्यसपछि घटना लुकाउनको लागि राजकुमार, उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पीडितलाई धम्की र प्रलोभन दिने क्रम जारी रहेको थियो । यस विषयमा विभिन्न संचारमाध्यममा समाचार आएपछि प्रहरीले निवेदन दर्ता गर्न लागेको बताईन्छ ।

 

यसरी पहिलोपटक प्रहरी कार्यालय गएका सविनालाई त्यहाँको अवस्थाबारे थाहा थिएन । कोठामा भान्सेले चिया पकाइसकेपछि उनलाई डिएसपीले बाहिर जान भने । भान्से निस्किएपछि चिया पिउन थालेकी सविनाको गिलास रित्तिएकै थिएन, डिएसपीको हात अनुहारतिर सोझियो । माया गरेजस्तो उनले भने, ‘तिमी एकदम राम्री छ्यौ‘१’ सविना अक्क न बक्क भइन् । त्यसपछि खिउँजुले छातितिर हात लगे । सविना अलिकति पछाडि सरेर ‘नगर्नु न सर’ भन्दै थिइन, खिउँजुले ‘केही हुन्न के, केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले ।

 

सविनाले सक्दो प्रतिकार गरिन् । तर ती बलिष्ठ डिएसपीको अगाडी सविनाको के लाग्थ्यो र । आखिर बलात्कृत नै भईन । हाकिमको कोठामा हल्ला नै गरे पनि उनले नबोलाएसम्म अरु पुग्ने अवस्था भएन । ढोकामा चुक्कुल, सबै झ्याल बन्द भएको अवस्थामा खिउँजुले यौन व्यवहार गरेका थिए ।

 

त्यति मात्र होईन यौनसम्पर्क गरेको भिडियो रेकर्ड पनि गरे । सविनाले प्रतिकार गर्दा ‘मैले भिडियो खिचेको छु । कतै गएर केही बोल्यौ भने बर्बाद पारिदिन्छु’ भन्दै धम्की दिन थालेका थिए ।

 

ती युवतीका अनुसार ०७६ जेठपछि खिउँजुले कहिले प्रलोभन, कहिले धम्की दिने क्रम चलिरह्यो । मोबाइलमा अनेकन म्यासेज, फेसबुक म्यासेञ्जरमा अश्लील तस्वीर, प्रलोभन र धम्कीजन्य म्यासेजहरू पठाउने क्रम शुरु भयो । बुबालाई फोन गरेर ‘बढ्ता भइस् भने तेरो छोरी मारिदिन्छु’ भन्दै धम्की दिने काम भयो ।

 

त्यतिले मात्र नपुगेर खिउँजुले उनको कोठामै पुगेर धम्कीका सिलसिला शुरु गरेका हुन् । चापागाउँबाट सरुवा हुने बेलामा पत्नी र छोरी ल्याएर सविनालाई कुटपिट समेत घरेको घटना बाहिर आएको थियो । खिउँजुकी पत्नीले पिटेपछि उनले फेसबुक फ्रेण्ड रहेका बागमती प्रदेश प्रहरीका डिआइजी शेरबहादुर बस्नेतलाई म्यासेञ्जरमा कल गरेर आफूमाथि खिउँजुले गरेको अपराधको विषयमा जानकारी गराएका थिए । त्यसबेला डिआईजी बस्नेतले आफू हेटौडा भएको र आफ्ना साथी डिआईजी मनोज न्यौपानेलाई भन्नु भनेका थिए । सोही कुरा न्यौपानेलाई भन्दा चिन्ता नगर म, त्यसलाई कराउँछु भन्दै फोन राखेका थिए ।

 

त्यसपछि टेकुमा गएर निवेदन दिएपनि त्यसबेला प्रहरीले उजुरी लिएका थिएनन् । यो बीचमा ती युवतीले एक क्यासिनोमा काम गरेपनि बलात्कारकै कारण डिप्रेसनको औषधी खान थालिसकेकी छन् ।त्यसयता आफ्नो डेरामा पुगेर र आफ्नो नग्न तस्वीर र भिडियो खिची धम्क्याउँदै पटकपटक यौनशोषण गरेको ती युवतीको दाबी छ ।